September 19, 2024

एजेन्सी – स्पेनिस लालिगामा क्याटलान क्लब बार्सिलोनाले सानदार जित दर्ता गरेको छ। सिजनको सुरुवात बाटै राम्रो लयमा देखिएको बार्सिलोनाले नयाँ सिजनको चौंथो लिग खेलमा सानदार जित दर्ता गरेको हो।

शनिबार राति बार्सिलोनाले रियल भालाडोलिडलाई ७-० को फराकिलो अन्तरले पराजित गर्यो। बार्सिलोनाको जितमा ब्राजिलियन विंगर राफिन्होले ह्याट्रिक गरे।

भालाडोलिड विरुद्ध पहिलो हाफमा ३ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा ४ गोल थप्यो। राफिन्होले खेलको २० औं मिनेटमा गोल गरेका थिए। रोवर्ट लेवान्डोस्कीले २४ औं मिनेटमा गोल गर्दा बार्सिलोनाको अग्रता दोब्बर भयो।

पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जुलेस कौन्डेले बार्साका लागि तेस्रो गोल गरे। दोस्रो हाफमा राफिन्हाले ६४ औं र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

८२ औं मिनेटमा डानी ओल्मो र ८५ औं मिनेटमा फेरन टोरेसले गोल गरेसंगै बार्सिलोना ७-० को गोल अन्तरले विजयी भयो। बार्सिलोना अहिले लालिगाको शिर्ष स्थानमा छ।

चार खेलबाट बार्सिलोनाले १२ अंक जोडेको छ। भालाडोलिड भने ४ अंक सहित १४ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *