September 19, 2024

एजेन्सी – नेपाली फुटबल खेलाडी रेखा पौडेलको सानदार प्रदर्शन पश्चात अबुधाबी कन्ट्री क्लब एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ।

रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी कन्ट्री एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको हो। प्रारम्भिक चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा अबुधाबीले अल नासरलाई १-० को गोल अन्तरले पराजित गर्यो।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी रेखाले ६८औं मिनेटमा गोल गरिन्। उनको गोल नै खेलमा निर्णायक बन्न पुग्यो। यस अगाडी पनि उनले गोल गरेकी थिइन्।

प्रारम्भिक चरणमा उनको यो दोस्रो गोल हो। रेखाले पहिलो खेलमा लाओसको योङ एलिफन्ट्सविरुद्ध गोल गरेकी थिइन्। सो गोल संगै उनी च्याम्पियन्स लिगको डेब्यु खेलमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।

यस जितसँगै अबुधाबीले ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थान कब्जा गर्यो। अबु धाबीले अब च्याम्पियन्स लिगको समूह ए मा खेल्नेछ। यस समूहमा चीनको बुहान जिएन्ग्डा, दक्षिण कोरियाको इन्चोन रेड एन्जल्स र मलेसियाको सबाह छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *