September 19, 2024

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेल अहिले अबुधाबी कन्ट्री क्लबबाट फुटबल खेलिरहेकी छन्। अबुधाबी कन्ट्री क्लब आवद्ध भएको छोटो समयमै उनले राम्रो प्रभाव पारिसकेकी छन्।

उनले अबुधाबी कन्ट्री क्लबका लागि ब्याक टु ब्याक गोल गरेकी छन्। उनको उच्च प्रदर्शनमा अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको छ।

रेखाले पहिलो खेलमा लाओसको योङ एलिफन्ट्सविरुद्ध गोल गरेकी थिइन्। सो गोल संगै उनी च्याम्पियन्स लिगको डेब्यु खेलमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।

शनिबार राति अल नासर विरुद्ध पनि उनले गोल गरिन्। उनको गोल निर्णायक बन्दा अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनायो।

अबु धाबीले अब च्याम्पियन्स लिगको समूह ए मा खेल्नेछ। यस समूहमा चीनको बुहान जिएन्ग्डा, दक्षिण कोरियाको इन्चोन रेड एन्जल्स र मलेसियाको सबाह छन्।

रेखा अब एएफसी च्याम्पियन्स लगको अन्तिम चरण खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *