September 19, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीले सानदार जित निकालेको छ। आइतबार बिहान मियामीले सिकागो विरुद्धको खेलमा सानदार जित दर्ता गरेको हो।

सिकागोको घरेलु मैदानमा भएको खेलमा मियामी ४-१ को गोल अन्तरले विजयी भयो। पहिलो हाफमा एक गोलले अगाडी रहेको मियामीले दोस्रो हाफमा तीन गोल थप्यो।

मियामीका लागि लुइस सुआरेजले दुई गोल गर्दा रोबर्ट टेलरले एक गोल गरे। एक गोल भने मियामीले उपहारमा पाएको थियो। खेलको २५ औं मिनेटमा सिकागोका खेलाडी टोबियास सालक्विस्टको आत्मघाती गोलमा मियामीले अग्रता पाएको थियो।

सिकागोका लागि भने एक मात्र गोल जर्जियोस कौटसियासले गरे। उनले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए। त्यस अगाडी सुआरेजले ४६ र ६५ औं मिनेटमा गोल गरेका थिए।

मियामीका लागि चौंथो गोल रोबर्ट टेलरले खेलको ९० औं मिनेटमा गरे। यस जितसंगै मियामीले मेजर सकर लिगको इस्टर्न कन्फरेन्स तर्फको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ।

मियामीले २७ खेलमा १८ जित निकाल्दै ५९ अंक बनाएको छ। पराजित सिकागो २६ अंक सहित १४ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *