September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका फ्रेन्च स्टार किलियन एम्बाप्पेले आफू रियल म्याड्रिड लेजेण्ड क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारी बन्ने दबाबमा नरहेको स्पष्ट पारेका छन्।

एक कुराकानीका क्रममा एम्बाप्पेले क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारी बन्ने दबाबमा आफू नरहेको बताएका हुन्। लालिगामा गोलको खाता खोलेपछि उनले रोनाल्डोको उत्तराधिकारी बन्ने बोझको बारेमा कुराकानी गर्दै यस विषयलाई स्पष्ट पारे।

एम्बाप्पे लामो समय पछि यसै समर ट्रान्सफर विन्डोमा रियल आवद्ध भएका हुन्। आफ्नो ड्रिम क्लबमा आवद्ध हुन एम्बाप्पेले लामो समय कुर्नु पर्यो। तर उनले यस पटक भने रियल आवद्ध भएरै छाडे।

रियलका लागि लालिगामा गोल गर्न एम्बाप्पेलाई केहि समय भने पक्कै लाग्यो। आइतबार राति उनले रियलका लागि लालिगामा दुई गोल गरे। रियल बेटिसलाई २-० ले पराजित गर्नेक्रममा एम्बाप्पेले दुवै गोल गरेका थिए।

खेल पश्चात कुराकानी गर्दै उनले भने,”क्रिस्टियानो मेरो आइडल हुन्। तर म उनको उत्तराधिकारी बन्ने दबाबको बारेमा सोच्दिन। म किलियन हुन चाहन्छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *