September 19, 2024

एजेन्सी – यति बेला युरोप सहित विश्वका चर्चित क्लब फुटबल लिगहरुमा विश्राम चलिरहेको छ। शिर्ष क्लबका खेलाडीहरु राष्ट्रिय ड्युटीका लागि आफ्ना-आफ्ना राष्ट्रिय टोलीहरुमा फिर्ता भइसकेका छन्।

यस इन्टरनेसनल ब्रेकमा पोर्चुगलले दुई खेल खेल्दैछ। नेसन्स लिगअन्तर्गत पोर्चुगलले यस इन्टरनेसनल ब्रेकमा दुई खेल खेल्न लागेको हो।नेसन्स लिगमा पोर्चुगल लिग एको समूह एकमा छ।

सो समूहमा पोर्चुगलका अलावा पोल्याण्ड, क्रोएसिया र स्कटल्याण्ड छन्। पोर्चुगलले पहिलो खेलमा क्रोएसिया र दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्नेछ।

पहिलो खेल बिहिबार राति हुनेछ। पोर्चुगल र क्रोएसिया बिचको खेल बेन्फिका स्टेडियममा नेपाली समय अनुसार बिहिबार राति १२ नजेर ३० मिनेटमा सुरु हुनेछ।

रोनाल्डो खेल्ने सम्भावना कति ?

जर्मनीका सम्पन्न युरो कपमा खासै राम्रो प्रदर्शन गर्न नसके पनि रोनाल्डोलाई पोर्चुगलको टोलीमा समावेश गरिएको छ। रोनाल्डो क्रोएसिया विरुद्ध खेल्ने उच्च सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *