September 19, 2024

एजेन्सी – प्रतिष्ठित फुटबल अवार्ड बालोन डी’ओर को यस वर्षको मनोनयन सार्वजनिक भएको छ। सन् २०२४ को बालोन डी’ओर मनोनयन बुधबार राति सार्वजनिक भएको हो।

यस पटक बालोन डी’ओरको मनोनयनमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै परेका छैनन्। बालोन डी’ओर मनोनयनमा मेस्सी र रोनाल्डो दुवै नपरेको यो सन् २००३ पछिकै पहिलो पटक हो।

अर्जेन्टिनासँग कोपा अमेरिका जितेपनि मेस्सीलाई मनोनयनमा राखिएको छैन। मनोनयनमा सबै भन्दा बढी स्पेनिस महारथी रियल म्याड्रिडका खेलाडी छन्। रियलबाट सात खेलाडी मनोनित भएका छन्।

स्पेनसँग युरो जितेका लामाइन यामल, निको विलियम्स, अलेजान्ड्रो ग्रिमाल्डो, ड्यानी ओल्मो, रोड्रि र रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जित्ने ड्यानी कारभाजल मनोनित भएका छन्।

केहि समय अगाडी मात्रै रियल आइपुगेका किलियन एम्बाप्पे सहित जुड बेलिङ्घम, भिनिसियस जुनियर बालोन डी’ओरका लागि मनोनित भएका छन्। त्यस्तै ह्यारी केन, बुकायो साका, डेक्लान राइस, कोल पाल्मर र फिल फोडेन पनि मनोनयनमा परेका छन्।

को-को छन् सूचीमा?

बेलिङ्घम (इंग्ल्याण्ड र रियल म्याड्रिड)

रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)

फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी)

फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)

एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)

अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)

निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)

ग्रानित‌ जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन)

आर्टेम डोभबिक (युक्रेन र रोमा)

टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)

भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)

ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)

फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)

मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)

माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट)

रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)

ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)

डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल)

भिटिनहा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)

कोल पाल्मर (इंग्ल्याण्ड र चेल्सी)

ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)

लामिन यमल (स्पेन र बार्सिलोना)

बुकायो साका (इंग्ल्याण्ड र आर्सनल)

हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)

विलियम सलिबा (फ्रान्स र आर्सेनल)

केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)

लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)

एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा)

एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)

अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *