September 19, 2024

एजेन्सी – प्रतिष्ठित फुटबल अवार्ड बालोन डी’ओर को यस वर्षको मनोनयन सार्वजनिक भएको छ। सन् २०२४ को बालोन डी’ओर मनोनयन बुधबार राति सार्वजनिक भएको हो।

यस पटकको बालोन डी’ओर मनोनयनमा लालिगा र च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडका सबै भन्दा बढी खेलाडीहरु समेटिएका छन्। मनोनयनमा यसै सिजन रियल आइपुगेका किलियन एम्बाप्पे पनि पटक छन्।

उनका अलावा भिनिसियस जुनियर, जुड बेलिङ्घम, फेडे भाल्भर्डे, ड्यानी कार्भाजल, टोनी रुडिगर मनोनयनमा परेका छन्। तर रियलका ब्राजिलियन युवा स्टार रोड्रिगोलाई पनि मनोनयनमा समावेश गरिएको छैन।

रियलले गत सिजन ला लिगा र च्याम्पियन्स लिगको दोहोरो दौडमा रोड्रिगो महत्वपूर्ण भूमिका खेलेका थिए। रियलका लागि उच्च प्रदर्शन गरेपनि उनी मनोनयनमा पर्न सकेनन्।

मनोनयनमा नपरेसंगै उनले सामाजिक संजाल मार्फत प्रतिक्रिया जनाएका छन्। उनले इन्स्टाग्राम मार्फत रियलसँग गत सिजन जितेका उपाधिसँगका तस्विरहरु राख्दै प्रतिक्रिया जनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *