September 19, 2024

एजेन्सी – क्रोएसियाली खेलाडी डिफेन्डर बोर्ना सोसाले लुका मोड्रिच र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गरेका छन्। नेसन्स लिगमा पोर्चुगल र क्रोएसिया आमने-सामने अगाडी कुराकानी गर्नेक्रम सोसाले मोड्रिच र रोनाल्डोको प्रशंसा गरेका हुन्।

त्यसक्रममा उनले रोनाल्डो आफैंमा एक कथा रहेको बताए। फुटबल र जीवनमा धेरै सफलता हाँसिल गरिसकेका कारण रोनाल्डो जस्ता खेलाडीका बारेमा नकारात्मक कुरा भन्न कठिन हुने उनको भनाई छ।

“रोनाल्डो आफैमा एउटा कथा हुन्। उनले फुटबल र जीवनमा यति धेरै उपलब्धि हाँसिल गरेका छन्। यस्ता खेलाडीको बारेमा नकारात्मक कुरा भन्न गाह्रो छ।”,सोसाले भने।

रोनाल्डो र मोड्रिचले ५० वर्ष पुगे पनि राम्रो सफलता हाँसिल गर्न सक्ने सोसा बताउँछन्।

उनी भन्छन्,”हामीसँग लुका छन्। यी खेलाडीहरुले पिचमा गुणस्तर ल्याउँछन्। उनीहरू यति अनुभवी छन् कि तपाईंले कम आँकलन गर्न सक्नुहुन्न। उनीहरू ५० वर्ष पुगे पनि ठूलो उपलब्धि हासिल गर्न सक्छन्।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *