September 19, 2024

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत विश्व विजेता अर्जेन्टिनाले चिलीको सामना गर्दैछ। अर्जेन्टिनाले शुक्रबार बिहान चिलीको सामना गर्ने लागेको हो।

अर्जेन्टिना र चिली बीचको खेल अर्जेन्टिनाको स्टाडियो मास मोनुमेन्टलमा हुनेछ। खेल नेपाली समय अनुसार शुक्रबार बिहान ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

चिली विरुद्ध अर्जेन्टिना लियोनेल मेस्सी बिना नै मैदानमा उत्रनेछ। कोपा अमेरिका फाइनलका क्रममा घाइते भएका मेस्सी चिली विरुद्ध खेल्ने छैनन्। अर्जेन्टिनाले मेस्सीलाई बाहिर राख्दै टोली सार्वजनिक गरिसकेको छ।

शुक्रबार बिहान चिली मेस्सी बिना नै जित निकाल्ने पक्षमा हुनेछ भने चिली मेस्सीको अनुपस्थितिको फाइदा उठाउने योजनामा हुनेछ। अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटको शिर्ष स्थानमा छ।

अर्जेन्टिनाले ६ खेल मध्ये ५ खेलमा जित निकाल्दा एक खेलमा पराजय भोगेको छ। अर्जेन्टिनाको १५ अंक छ। चिली भने ८ औं स्थानमा छ। चिलीले मात्र एक खेलमा जित निकालेको छ भने ३ खेलमा पराजय भोगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *