September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने साउदी प्रो लिग क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आफ्ना एक पूर्व सहकर्मीलाई अल नासरमा देख्न चाहन्छन्।

रोनाल्डोले इटालियन क्लब युभेन्टसमा हुँदा संगै खेलेका एड्रियन राबियोटलाई अल नासरमा देख्न चाहेको दावी युरोप र साउदीबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले गरेका हुन्।

जुन ३० मा युभेन्टससँगको सम्झौताको म्याद सकिएपछि नि:शुल्क एजेन्ट बनेका राबियोट अहिले युरो २०२४ को सेमिफाइनलमा फ्रान्सको प्रतिनिधित्व गरिसकेपछि विकल्पहरू हेरिरहेका छन्।

युभेन्टसमा आफ्नो पाँच वर्षको कार्यकालमा उनले २ सय १२ खेल खेले। जसमा उनले चार ट्रफी जित्ने। उनको नाम केहि समय देखि म्यानचेस्टर युनाइटेड र लिभरपुलसँग पनि जोडिएको छ।

रोनाल्डो र राबियोटले सन् २०१८ देखि सन् २०२१ सम्म युभेन्टसमा संगै खेलेका थिए। क्लब भित्र क्रिस्टियानो रोनाल्डोको प्रभावले रबियोटलाई साउदी प्रो लिगमा ल्याउनको लागि मुख्य भूमिका खेल्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *