September 19, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबर अनुसार प्रिमियर लिग क्लब लिभरपुलले म्यानचेस्टर युनाइटेडका एक टार्गेटलाई हाइज्याक गर्ने योजना बनाएको छ।

लिभरपुलले युनाइटेडको नजरमा रहेका डिफेन्डर जराड ब्रान्थवेटलाई भित्र्याउन चाहेको केहि खेल मिडियाहरुले दावी गरेका हुन्। लिभरपुलले डिफेन्डर जराड ब्रान्थवेटलाई भर्जिल भान डाइकको विकल्पको रूपमा पहिचान गरेको बताइएको छ।

एभर्टनले म्यानचेस्टर युनाइटेडको चासोको बाबजुद ब्रान्थवेटलाई क्लबमा राख्न सफल भयो। यसको अर्थ अब उनका लागि आगामी विन्टर अथवा समर ट्रान्सफर विन्डोमा बोलि लाग्न सक्छ।

लिभरपुलले एभर्टन स्टारलाई अनुबन्ध गर्ने दौडमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। ब्रान्थवेट र एभर्टन बीचको सम्झौता जून २०२७ सम्मका लागि छ।

एभर्टनले यस जुलाईको सुरुमा डिफेन्डरका लागि एरिक टेन ह्यागको पक्षबाट आएका दुई प्रस्तावलाई अस्विकार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *