September 19, 2024

एजेन्सी – ईएसपीएनका एक फुटबल विश्लेषकले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डको खुलेर प्रशंसा गरेका छन्।

एक कुराकानीका क्रममा ईएसपीएनका फुटबल विश्लेषक एले मोरेनोले नर्वेजियन स्ट्राइकरको गुणस्तरको प्रशंसा गरेका हुन्। त्यसक्रममा उनले हालाण्डमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमा जस्तै गुणहरु रहेको बताउन छुटाएनन्।

“त्यो महत्वाकांक्षा, त्यो भोक, मलाई लाग्दैन कि यो कसैले सिकाउन सक्ने कुरा हो। यो केहि चीज हो जुन तपाई भित्र हुनुपर्छ, जसले अगाडी बढ्न मद्दत गर्छ। हालाण्डमा रोनाल्डोमा भए जस्ता अगाडी बढ्न आफूलाई प्रेरित गर्ने तत्व छ।”,मोरेनोले भने।

पेप गार्डियोलाको टोली उत्कृष्ट रेकर्डका साथ सिजनको सुरुवात गर्दा हालाण्डले उच्च प्रदर्शन गरिरहेका छन्। गत सिजन केहि कम्जोर प्रदर्शन गरे पनि उनले यस सिजनको सुरुवातमै तहल्का मच्चाइरहेका छन्।

हालाण्डले इप्सविच टाउन र वेस्ट ह्याम युनाइटेड विरुद्ध लगातार ह्याट्रिक सहित तीन खेलमा सात गोल गरिसकेका छन्। पछिल्ला दुई सिजन जस्तै हालाण्ड यस सिजन पनिं गोल्डेन बुट जित्ने दौडमा देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *