September 19, 2024

एजेन्सी – युइएफए नेसन्स लिगमा पोर्चुगलले सफल सुरुवात गरेको छ। युइएफए नेसन्स लिगको पहिलो खेलमा पोर्चुगलले जित सहित सुखद सुरुवात गरेको हो।

बिहिबार राति भएको खेलमा पिर्चुगलले क्रोएसियालाई २-१ को गोल अन्तरले पराजित गर्यो। खेलमा भएका तीन मध्ये तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए।

डिएगो डालोटले पहिलो गोल गरेपछि खेलओक सातौँ मिनेटमा पोर्चुगलले अग्रता पाएको थियो। रोनाल्डोले खेलको ३४ औं मिनेटमा गोल गरेसंगै पोर्चुगलको अग्रता दोब्बर भयो।

तर खेलको ४१ औं मिनेटमा पोर्चुगलले आत्मघाती गोल गर्दा खेल २-१ को अवस्थामा पुग्यो। सो आत्मघाती गोल डालोटले गरेका थिए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेनन्।

पोर्चुगल नेसन्स लिगको समूह ‘ए’ ग्रुप–वानको दोस्रो स्थानमा छ। समान तीन अंक भएको पोल्याण्डले पनि बिहिबार राति जित निकालेको थियो। पोल्याण्ड स्कटल्याण्ड विरुद्धको खेलमा ३-२ ले विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *