September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले महत्वपूर्ण कोशेढुंगा पार गरेका छन्। युइएफए नेसन्स लिगमा बिहिबार राति गोल गरेसंगै रोनाल्डोले नयाँ कोशेढुंगा पार गरेका हुन्।

नेसन्स लिगको समूह ‘ए’ ग्रुप–वानको पहिलो खेलमा पोर्चुगलले बिहिबार राति क्रोएसियाको सामना गर्यो। जसमा पोर्चुगल २-१ को गोल अन्तरले विजयी भयो।

डिएगो डालोटले पहिलो गोल गरेपछि खेलओक सातौँ मिनेटमा पोर्चुगलले अग्रता पाएको थियो। रोनाल्डोले खेलको ३४ औं मिनेटमा गोल गरेसंगै पोर्चुगलको अग्रता दोब्बर भयो।

सो गोलसंगै करियरमा रोनाल्डोको गोल संख्या ९ सय पुगेको छ। कुनै पनि खेलाडीले ९ सय गोल पूरा गरेको यो पहिलो पटक हो। क्लब फुटबल र पोर्चुगलका लागि खेल्दै ९ सय गोल पूरा गर्दा रोनाल्डो भावुक भए।

कुल गोलको मामलामा रोनाल्डो अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भन्दा ६२ गोलले अगाडी छन्। ९ सय गोल पूरा गरेपछि अब रोनाल्डोको नजर हजार गोलमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *