September 19, 2024

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व विजेता अर्जेन्टिनाले सानदार जित दर्ता गरेको छ। शुक्रबार बिहान भएको दक्षिण अमेरिकी विश्वकप छनोटको सातौं खेलमा अर्जेन्टिनाले सानदार जित दर्ता गरेको हो।

अर्जेन्टिनाले शुक्रबार बिहान चिलीलाई ३-० को गोल अन्तरले पराजित गर्यो। अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एक-एक गोल गरे।

लियोनेल मेस्सी बिना मैदानमा उत्रिएको अर्जेन्टिनाले तीन मध्ये तीनै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४८ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलबाट अर्जेन्टिनाले अग्रता लियो।

सो गोल जुलियन अल्भारेजको पासमा एलेक्सिस म्याक एलिस्टरले गरेका थिए। अर्जेन्टिनाका लागि दोस्रो गोल अल्भारेजले खेलको ८४ औं मिनेटमा गरे। तेस्रो गोल भने इन्ज्युरी समयमा आयो।

इन्ज्युरी समयको पहिलो मिनेटमा डिबालाले गोल गरेसंगै अर्जेन्टिनाको ३-० को जित पक्का भयो। विश्वकप छनोटमा अर्जेन्टिनाले खेलेका ७ खेल मध्ये ६ खेलमा जित निकालेको छ भने एक खेलमा हार बेहोरेको छ।

अर्जेन्टिना १८ अंक सहित शिर्ष स्थानमा रहँदा चिली भने ५ अंक सहित नवौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *