September 16, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरो कप जित्नु पोर्चुगलका लागि विश्वको जिते सरह रहेको बताएका छन्। एक कुराकानीका क्रममा रोनाल्डोले यस्तो बताएका हुन्।

युइएफए नेसन्स लिगको पहिलो खेलमा पोर्चुगलले बिहिबार राति क्रोएसियाको सामना गर्यो। रोनाल्डोको गोलको मद्दतमा पोर्चुगल २-१ को गोल अन्तरले विजयी भयो।

क्रोएसिया विरुद्ध रोनाल्डोले गरेको उनको करियरको ९ सयौं गोल थियो। खेल पश्चात कुराकानी गर्नेक्रममा रोनाल्डोले पोर्चुगलले युरो कप जित्नु विश्वकप जिते बराबर रहेको दावी गरे।

त्यसक्रममा उनले पोर्चुगलसँग दुई उपाधि जितेका कारण आफू सन्तुष्ट रहेको बताउन छुटाएनन्। फुटबलमा रमाउँदा रेकर्डहरु आफैं बन्दै जाने रोनाल्डोको भनाई छ।

“पोर्चुगलले युरो जित्नु भनेको विश्वकप जित्नु बराबर हो। मैले पहिले नै पोर्चुगलका लागि दुई वटा ट्रफी जितिसकेकी छु जुन मलाई वास्तवमै चाहिएको थियो। म त्यसबाट उत्प्रेरित छैन। म फुटबलको मजाले उत्प्रेरित छु र रेकर्डहरू स्वाभाविक रूपमा आफैं आउँदै गर्छन्।”,रोनाल्डोले भने।

रोनाल्डोले क्लब फुटबलमा सबै उपाधि जितेका छन्। पोर्चुगलसँग उनले युरो कप जितेपछि विश्वकप भने जित्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *