September 16, 2024

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलका लागि ब्राजिल शनिबार बिहान एक्सनमा उत्रँदैछ। शनिबार बिहान ब्राजिलले इक्वेडरको सामना गर्नेछ।

ब्राजिल र इक्वेडर बीचको खेल ब्राजिलको काउटो परेरा स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार शनिबार बिहान ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

ब्राजिलले यस विश्वकप छनोटमा खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटको छैठौं स्थानमा छ। खेलेका ६ खेल मध्ये २ खेलमा मात्र ब्राजिलले जित निकालेको छ।

तीन खेलमा पराजित हुँदा ब्राजिलले एक खेल बराबरी खेल्दै ७ अंक बटुलेको छ। उता इक्वेडर ब्राजिल भन्दा एक अंकले अगाडी छ। इक्वेडरले ६ खेल मध्ये ३ खेलमा जित निकालेको छ भने एक खेलमा पराजय भोगेको छ।

ब्राजिल शनिबार बिहान कुनै पनि हालतमा जित निकाल्नै पर्ने दबाबमा हुनेछ। इक्वेडरलाई पराजित गरेको खण्डमा ब्राजिल विश्वकपका लागि छनोट हुने सम्भावना बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *