September 16, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने साउदी क्लब अल नासर आगामी ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका एक खेलाडीलाई भित्र्याउन चाहन्छ।

अल नासरले आगामी जनवरी ट्रान्सफर विन्डो सिटीका मातेओ कोभासिकलाई भित्र्याउने योजना बनाएको साउदी र युरोपबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले दावी गरेका हुन्।

साउदी प्रो लिग संगठन आफ्नो टोलीलाई अझ बलियो बनाउन र उपाधिहरु जित्ने योजना सहित अगाडी बढ्न चाहेको बताइएको छ। यस्तोमा उसले मातेओ कोभासिकलाई भित्र्याउने योजना बनाएको छ।

विभिन्न रिपोर्ट अनुसार अल-नासरले माटेओ कोभासिकलाई साप्ताहिक १ मिलियन युरो पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गर्न सक्छ। अल नासरको प्रस्ताव स्वीकार गर्ने हो भने क्रोएसियाली मिडफिल्डरले क्रिस्टियानो रोनाल्डोसँग पुनर्मिलन गर्ने अवसर पाउनेछन्।

रियल म्याड्रिडमा हुँदा उनले रोनाल्डोसँग खेल्ने अवसर पाएका थिए। उनी सन् २०२३ को समर ट्रान्सफर विन्डोमा चेल्सीबाट सिटी पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *