September 16, 2024

एजेन्सी – युइएफए नेसन्स लिगमा फ्रान्सले खबर सुरुवाट गरेको छ। नेसन्स लिगको लिग ‘ए’ अन्तर्गत समूह २ को पहिलो खेलमा फ्रान्स पराजित हुन पुगेको हो।

शुक्रबार राति भएको खेलमा फ्रान्स घरेलु मैदानमै इटालीसँग ३-१ को गोल अन्तरले पराजित भयो। बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा फ्रान्स हार्यो।

इटालीका लागि फेडेरिको डिमार्को, डेभिड फ्रेटेसी र जियाकोमा रास्पादोरीले एक-एक गोल गरे। फ्रान्सका लागि एक मात्र गोल युवा खेलाडी ब्राडली बारकोलाले गरेका थिए।

ब्राडली बारकोलाले खेलको पहिली मिनेटमै गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर सो अग्रता फ्रान्सले जोगाउन सकेन। खेलको ३० औं मिनेटमा फेडेरिको डिमार्कोको गोलबाट इटालीले बराबरी गर्यो।

खेलको ५० औं मिनेटमा फ्रेटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाए। रास्पादोरीले खेलको ७४ औं मिनेटमा गोल गर्दा इटालीको जित पक्का भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *