September 16, 2024

एजेन्सी – युइएफए नेसन्स लिगमा नर्वे रोकिएको छ। नेसन्स लिगको लिग बको समूह ३ को खेलमा नर्वे काजकिस्तानसँग बराबरीमा रोकिन पुगेको हो।

काजकिस्तानले नर्वेलाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोक्यो। बलमा राम्रो नियन्त्रण राखेपनि गोल गर्न चुक्दा नर्वे जित निकाल्न असफल भयो।

बलमा नर्वेले कुल ७१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर नर्वेको तर्फबाट कुल १९ प्रहार भएका थिए। जसमध्ये दुई प्रहार टार्गेटमा थिए। तर दुवै प्रहार गोलमा परिणत भएनन्।

काजकिस्तान विरुद्धको खेलमा नर्वेका स्टार एर्लिङ हालाण्डको जादू चल्न सकेन। प्रिमियर लिगमा हालाण्डले पछिल्ला दुई खेलमा ब्याक टु ब्याक ह्याट्रिक गरेका थिए।

तर उनले काजकिस्तान विरुद्ध गोल गर्न सकेनन्। शुक्रवार भएको अन्य खेलमा बेलारुस र बुल्गेरिया बराबरीमा रोकिदा लिथुवानिया साईप्रससँग १-० को गोल अन्तरले पराजित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *