September 16, 2024

एजेन्सी – विश्व विजेता अर्जेन्टिनाका फरवार्ड पाउलो डिबालाले लियोनेल मेस्सीको १० नम्बरको जर्सीमा खेल्न पाएकोमा खुशी व्यक्त गरेका छन्। दक्षिण अमेरिकी विश्वकप छनोटमा मेस्सीको अनुपस्थितिमा जर्सी नम्बर १० लगाएर खेल्न पाएकोमा पाउलो डिबालाले खुशी व्यक्त गरेका हुन्।

चिली विरुद्धको खेलमा पाउलो डिबालाले १० नम्बरको जर्सी लगाएर खेलेका थिए। उनले अर्जेन्टिनाका लागि एक गोल पनि गरे। खेल पश्चात कुराकानी गर्नेक्रममा उनले जर्सी नम्बर १०को मालिक मेस्सी रहेको बताए।

आफूले मेस्सीको जर्सीको राम्रोसँग प्रतिनिधित्व गर्ने प्रयास गरेको उनले बताए। त्यसक्रममा उनले स्पष्ट रुपमा जर्सी नम्बर १० आफ्नो नभएको बताउन छुटाएनन्।

“मलाई थाहा छ यो मेरो जर्सी होइन, हामी सबैलाई थाहा छ यो लियोको जर्सी हो। मैले यसलाई राम्रो तरिकाले प्रतिनिधित्व गर्ने प्रयास गरें। यो कोचिङ स्टाफले गरेको निर्णय थियो।”,उनले भने।

आठ पटकको बालोन डी’ओर विजेता मेस्सी २०२४ कोपा अमेरिकाको फाइनलमा लागेको चोटबाट निको हुने क्रममा छन्। जसकारण उनले अर्जेन्टिनाका लागि आगामी खेल पनि खेल्ने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *