September 16, 2024

एजेन्सी – युइएफए नेसन्स लिगमा सुखद सुरुवात गरेको पोर्चुगलले आइतबार राति दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा पोर्चुगलको भेट स्कटल्याण्डसँग हुनेछ।

पोर्चुगल र स्कटल्याण्ड बीचको खेल पोर्चुगल स्थित बेन्फिकामा हुनेछ। खेल नेपाली समय अनुसार आइतबार राति १२ बजेर ३० मिनेटमा सुरु हुनेछ।

पोर्चुगलले नेसन्स लिगको लिग ‘ए’ अन्तर्गतको समूह एकको पहिलो खेलमा क्रोएसियाको सामना गरेको थियो। सो खेलमा पोर्चुगल २-१ को गोल अन्तरले विजयी भएको थियो।

उता स्कटल्याण्डले भने पहिलो खेलमा पोल्याण्डको सामना गरेको थियो। सो खेलमा स्कटल्याण्ड ३-२ को गोल अन्तरले पराजित हुन पुगेको थियो। आइतबार राति स्कटल्याण्ड प्रतियोगिताको पहिलो जितको खोजिमा हुनेछ।

पोर्चुगल भने दोस्रो जितको खोजिमा हुनेछ। क्रोएसिया विरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै ९ सय गोलको कोशेढुंगा पार गरेका थिए। आइतबार राति पनि रोनाल्डो गोल गर्दै १ हजार गोल तर्फ लम्किने योजनामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *