September 16, 2024

एजेन्सी – स्पेनिस युवा स्टार लमाइन यमाल क्याटलान क्लब बार्सिलोना समर्थकको फ्रेब्रेट बनेका छन्। कम उमेरमै उच्च प्रदर्शन गरिरहेका यमाल बार्सिलोनाको फ्यान फेब्रेटको रुपमा देखा परेका हुन्।

मात्र १७ वर्षको उमेरमा उनी जुन स्तरको प्रदर्शन गरिरहेका छन्, त्यसले उनलाई बार्सिलोना समर्थकको मात्र नभई फुटबल मन पराउने सबैको मन जितिरहेका छन्।

यमालको जर्सी यति बेला सबै भन्दा बढी बिक्रि भइरहेको विभिन्न स्पेनिस खेल मिडियाहरुले जनाएका छन्। खबरका अनुसार सन् २०२४-२५ सिजनको लागि बार्सिलोनाको अवे जर्सी बिक्रीले उत्साहजनक सुरुवात गरेको छ र त्यसमा सबै भन्दा बढी यमालका जर्सी सबै भन्दा बढी बिक्री भइरहेका छन्।

मार्की स्ट्राइकर रोबर्ट लेवान्डोस्की र पेड्री भन्दा बढी यमालको जर्सी बिक्री भइरहेको बताइएको छ। जर्सी बिक्रीको मामलामा पेड्री दोस्रो स्थानमा र मार्की स्ट्राइकर रोबर्ट लेवान्डोस्की तेस्रो स्थानमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *