September 16, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी क्रिष्टियानो रोनाल्डोको पोर्चुगलका सहकर्मी जियोभानी क्वेन्डालाई भित्र्याउन इच्छुक देखिएको छ। केहि पोर्चुगिज पत्रिकाहरुका अनुसार सिटी पोर्चुगलका युवा खेलाडी क्वेन्डालाई भित्र्याउन इच्छुक देखिएको हो।

१७ वर्षीया क्वेन्डाले वर्षको सुरुवातदेखि नै आफूलाई पोर्चुगलको सबैभन्दा चर्चित प्रतिभाको रूपमा स्थापित गरेका छन्। उनले पोर्चुगललाई यस मेको सुरुमा भएको युइएफए यु-१७ युरोपियन च्याम्पियनसिपको फाइनलमा पुर्याउन मद्दत गरेका थिए।

जसकारण भर्खरै उनलाई पोर्चुगलको सिनियर टोलीका लागि समेत बोलाइएको थियो । साथै उनले स्पोटिङ सिपिको सिनियर टोलीमा पनि क्रमिक रुपमा मौका पाउन थालेका छन्।

क्वेन्डाले आफ्नो राष्ट्रिय टोलीको क्याम्पमा रोनाल्डोसँग परिचित हुने अवसर पाइसकेका छन्। पोर्चुगल अखबार रेकर्ड अनुसार सिटीले क्वेन्डालाई भविष्यका लागि भित्र्याउने योजना बनाएको छ।

सिटीले उनलाई आगामी विन्टर अथवा समर ट्रान्सफर विन्डोमा भित्र्याउन सक्ने बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *