September 16, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका पूर्व स्टार सर्जियो अगुएरोले सन् २०२४ को बालोन डी’ओर सिटीका स्पेनिस मिडफिल्डर रोड्रिलाई दिइनु पर्ने धारणा राखेका छन्।

सन् २०२४ का लागि बालोन डी’ओर मनोनयन सार्वजनिक भएपछि अगुएरोले स्पष्ट रुपमा स्पेनिस मिडफिल्डर रोड्रि बालोन डी’ओरको हकदार रहेको बताएका हुन्।

“एक उत्तम वर्ष, तिमि डिजर्भ गर्छौं। कम अन रोड्रि”,अगुएरोले सामाजिक संजाल एक्समा म्यानचेस्टर सिटीको एक पोस्ट शेयर गर्दै प्रतिक्रिया जनाएका छन्।

केहि समय अगाडी मात्रै बालोन डी’ओरको मनोनयन सार्वजनिक भएको थियो। मनोनयनमा किलियन एम्बाप्पे, जुड बेलिङ्घम, भिनिसियस जुनियर, एर्लिङ हालान्ड, रुबेन डायस, फिल फोडेन जस्ता खेलाडी अटाएका छन्।

बालोन डी’ओरका लागि मुख्यतः भिनिसियस, बेलिङ्घम र रोड्रि बीच प्रतिष्पर्धा हुने अवस्था छ। भिनिसियस र बेलिङ्घमले रियललाई लालिगा र च्याम्पियन्स लिग दिलाउन मद्दत गरेका थिए।

उता रोड्रिले सिटीबाट प्रिमियर लिग, युइएफए सुपर कप र क्लब विश्वकप जितेका थिए। साथै स्पेन युरो कप च्याम्पियन बन्दा महत्वपूर्ण भूमिका निभाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *