September 19, 2024

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा क्यानडाले अमेरिकालाई पराजित गरेको छ। आइतबार बिहान भएको खेलमा क्यानडाले अमेरिकालाई पराजित गरेको हो।

अमेरिकाको चिल्ड्रेन्स मर्सी पार्कमा भएको खेलमा क्यानडा २-१ को गोल अन्तरले विजयी भयो। बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा अमेरिका घरेलु मैदानमै पराजित हुन पुग्यो।

खेलभर अमेरिकाले बलमा कुल ५८ प्रतिशत नियन्त्रण राखेको थियो। अमेरिकाको तर्फबाट कुल ८ प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर एक प्रहार मात्र गोलमा परिणत भयो।

क्यानडाको तर्फबाट भने १७ प्रहार भएका थिए। जसमध्ये ७ प्रहार टार्गेटमा थिए। खेलको १७ औं मिनेटमै क्यानडाले अग्रता लिएको थियो। सो गोल ज्याकब शफेलबर्गले गरेका थिए।

खेलको ५८ औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दा क्यानडाको अग्रता दोब्बर भयो। तर खेलको ६६ औं मिनेटमा अमेरिकाले गोल फर्कायो। सो गोल लुकास डे ला टोरेले गरेका थिए।

त्यसपश्चात थप गोल हुन नसक्दा क्यानडा विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *