September 19, 2024

एजेन्सी – साउदी क्लब अल हिलालका ब्राजिलियन स्टार नेयमार फुटबल मैदान फिर्ता हुन समय लाग्ने देखिएको छ। क्लबको मेडिकल टेस्टमा फेल भएसंगै नेयमारको मैदान फिर्तिका लागि समय लाग्ने देखिएको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार नेयमार क्लबको मेडिकल परिक्षणमा फेल भएका छन्। क्लबका फिजियोथेरापिस्टले नेयमारको खुट्टाको अवस्थाको जाँच गरेको र त्यसमा नेयमारको खुट्टामा केहि समस्या बाँकी रहेको पाइएको बताइएको छ।

नेयमार मैदान फर्किन अब कम्तिमा पनि एक महिना लाग्न सक्ने देखिएको दावी बाहिर आएको छ। यसको अर्थ अब उनले सेप्टेम्बरमा मैदान फर्किन सक्ने छैनन्।

नेयमार गत फेब्रुअरीमा घाइते भएका थिए। दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलका क्रममा उनको खुट्टामा चोट लागेको थियो। सो चोटका कारण उनको खुट्टाको शल्यक्रिया गरिएको थियो।

त्यसयता उनी निरन्तर रिहाबमा छन्। यस बीचमा उनले ब्राजिलसँग कोपा अमेरिका मात्र गुमाएनन्, अल हिलालसँगका महत्वपूर्ण खेलहरु पनि गुमाउन पुगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *