September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने स्पेनिस दिग्गज क्लबद्वय रियल म्याड्रिड र बार्सिलोना बायर्न म्युनिखका एक खेलाडीका लागि प्रतिष्पर्धा गर्ने पक्षमा देखिएका छन्।

बायर्न म्युनिखका स्टार जोशुआ किमिचका लागि आगामी समर ट्रान्सफर विन्डोमा रियल र बार्सिलोना बीच प्रतिष्पर्धा हुने सम्भावना रहेको दावी विभिन्न खेल मिडियाहरुले गरेका हुन्।

बहुमुखी मिडफिल्डरको बाभेरियन्ससँगको सम्झौता २०२५ मा समाप्त हुनेछ। यसको अर्थ उनी आगामी समर ट्रान्सफर विन्डोमा फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्।

फ्री ट्रान्सफरमा उपलब्ध हुने सम्भावना रहेका उनलाई रियल र बार्सिलोना दुवै क्लबले भित्र्याउन चाहेको बताइएको छ। यस्तोमा यस सिजनको अन्त्यमा उनका लागि बार्सा र रियल आमने-सामने हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *