September 19, 2024

एजेन्सी – युएएफए नेसन्स लिगमा पोर्चुगलले ब्याक टु ब्याक जित निकालेको छ। युएएफए नेसन्स लिगको पहिलो खेलमा जित निकालेको पोर्चुगलले दोस्रो खेलमा पनि जित निकालेको हो।

आइतबार राति भएको खेलमा पोर्चुगलले स्कटल्याण्डलाई पराजित गर्यो। बेन्फिकामा भएको खेलमा पोर्चुगलले स्कटल्यान्डमाथि २-१ को जित निकाल्यो।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डिजले गोल गर्दा स्कटल्यान्डका लागि स्कट मैकटोमिने गोल गरेका थिए। पहिलो हाफमा स्कटल्यान्ड अगाडी थियो।

खेलको ७ औं मिनेटमा मैकटोमिनेको गोलबाट स्कटल्यान्डले अग्रता पाएको थियो। त्यसपछि पहिलो हाफमा दुवै टोलीबाट थप गोल भएनन्। ५४औ मिनेटमा फर्नान्डिजले पोर्चुगलका लागि बराबरी गोल फर्काए।

खेलको अन्तिम समयमा रोनाल्डोले गोल गर्दा पोर्चुगल जित्यो। रोनाल्डोले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *