September 19, 2024

एजेन्सी – युइएफए नेसन्स लिगमा नर्वेले पहिलो जित दर्ता गरेको छ। नेसन्स लिगको लिग बि अन्तर्गत समूह ३ को पहिलो खेलमा बराबरीमा रोकिएको नर्वेले दोस्रो खेलमा जित निकालेको हो।

सोमबार राति भएको खेलमा नर्वेले अस्ट्रियालाई २-१ को गोल अन्तरले पराजित गर्यो। नर्वेको जितमा म्यानचेस्टर सिटीका लागि उच्च प्रदर्शन गर्दै आएका एर्लिंग हालाण्डले निर्णायक भूमिका निभाए।

खेलको नवौं मिनेटमै नर्वेले अग्रता लिएको थियो। सो गोल फेलिक्स हर्नले गरेका थिए। तर खेलको ३७ औं मिनेटमा अस्ट्रियाले बराबरी गोल फर्कायो। सो गोल मार्सेल स्याबिटजरले गरेका थिए।

खेल बराबरी तर्फ अगाडी बढिरहेको अवस्थामा हालाण्डले गोल गर्दै निर्णायक भूमिका निभाए। उनले खेलको ८० औं मिनेटमा गोल गरेका थिए। यस जितसंगै समूहमा नर्वे दोस्रो स्थानमा उक्लिएको छ।

समान चार अंक भएको स्लोभेनिया पहिलो स्थानमा छ। त्यस्तै पराजित अष्ट्रिया १ अंक सहित तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *