September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका युवा स्टार रोड्रिगोले ब्राजिलियन टोलीका लागि नेयमार धेरै महत्वपूर्ण रहेको बताएका छन्। एक कुराकानीका क्रममा रोड्रिगोले नेयमार आफूहरुका लागि धेरै महत्वपूर्ण रहेको बताएका हुन्।

कुराकानीका क्रममा उनले नेयमार आफ्नो आइडल र उत्कृष्ट खेलाडी रहेको बताए। त्यसक्रममा उनले विश्वकप जित्नको लागि ब्राजिललाई नेयमार चाहिए संकेत गर्न पनि छुटाएनन्।

नेयमार अहिले रिकभरीको अन्तिम चरणमा रहेको रोड्रिगोको भनाई छ। नेयमार फिट रहुन भन्ने कामना पनि उनले गरे।

“के ब्राजिलले नेमारलाई मिस गर्छ? पक्कै पनि गर्छ। उहाँ हाम्रो आदर्श र उत्कृष्ट खेलाडी हुनुहुन्छ। विश्वकप जित्न हामीलाई उहाँ चाहिन्छ। हामी सबैले उहाँलाई मद्दत गर्नु पर्छ। उहाँ राम्रो स्वास्थ्यमा हुनुहुन्छ, हामी यही आशा गर्छौं, उहाँ निको हुने अन्तिम चरणमा हुनुहुन्छ।”, रोड्रिगोले भने।

रोड्रिगोका अनुसार नेयमारसँग उनको नियमित कुराकानी हुन्छ। नेयमारसँग आफ्नो म्यासेजहरु आदानप्रदान हुने पनि उनले बताए।

उनले भने,”म सधैं नेयमारसँग सन्देशहरू आदानप्रदान गर्छु। उहाँको व्यक्तित्वको कारण कसैले नराम्रो कुरा गरेको देख्दा मलाई दुःख लाग्छ। उहाँले मलाई सधैं समर्थन सन्देशहरू पठाउनुहुन्छ, म उहाँलाई माया गर्छु। एक खेलाडीको रूपमा मेरो आइडल हुनुको अलावा, उहाँ एक महान व्यक्ति हुनुहुन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *