September 19, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनललाई झड्का लागेको छ। राष्ट्रिय टोलीका लागि ड्यूटीमा रहँदा महत्वपूर्ण खेलाडी घाइते भएपछि आर्सनललाई झड्का लागेको हो ।

युइएफए नेसन्स लिगमा नर्वेका लागि अस्ट्रियाविरुद्ध खेल्ने क्रममा क्लबका कप्तान मार्टिन ओडेगार्ड चोटका कारण मैदानबाट बाहिरिन बाध्य भए। खेलको ६४औं मिनेटमा क्रिस्टोफ बाउमगार्टनरले ट्याकल गरेपछि २५ वर्षीय मिडफिल्डरको खुट्टामा चोट लागेको थियो।

ओडेगार्ड सन् २०२० मा रियल म्याड्रिडबाट सुरुमा ऋणमा र त्यसपछि २०२१ मा ३५ मिलियन युरोमा स्थायी रूपमा आइपुगेदेखि गनर्सको सेटअपको महत्वपूर्ण हिस्सा बनेका छन्।

उनले उत्तरी लन्डनका लागि १५६ पटक खेलेका छन्। जसमा उनले ३५ गोल गरेका छन् भने २५ असिस्ट प्रदान गरेका छन्। ओडेगार्ड घाइते हुनु आर्सनलका लागि पक्कै पनि राम्रो खबर होइन।

उनलाई लागेको चोट कति गम्भीर हो भन्ने बारे कुनै पनि जानकारी बाहिर आएको छैन। थप स्वास्थ्य परिक्षण पछि उनको चोट बारे जानकारी बाहिर आउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *