September 19, 2024

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्वविजेता अर्जेन्टिनाले बुधबार बिहान महत्वपूर्ण खेल खेल्दैछ। बुधबार बिहान अर्जेन्टिनाको भेट कोलम्बियासँग हुनेछ।

कोलम्बिया र अर्जेन्टिना बीचको विश्व कप छनोट खेल कोलम्बियाको स्टाडियो मेट्रोपोलिटानो स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार बुधबार बिहान २ बजेर १५ मिनेटमा सुरु हुनेछ।

अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटको शिर्ष स्थानमा छ। अर्जेन्टिना ७ खेल मध्ये एक खेलमा मात्र पराजित भएको छ। बाँकी ६ खेलमा जित निकालेर अर्जेन्टिनाले १८ अंक बटुलेको छ।

उता कोलम्बिया भने तेस्रो स्थानमा छ। कोलम्बियाले ७ खेल मध्ये ३ खेलमा जित निकाल्दा ४ खेलमा बराबरी खेलेको छ। कोलम्बियाको कुल १३ अंक छ।

अर्जेन्टिना र कोलम्बियाको पछिल्लो पटक कोपा अमेरिका फाइनलमा भेट भएको थियो। त्यसबेला अर्जेन्टिना १-० को गोल अन्तरले विजयी भएको थियो। मंगलबार कोलम्बिया सो हारको बदला लिने योजनामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *