September 19, 2024

एजेन्सी – इन्टरकान्टिनेन्टल कपमा भारतले लज्जास्पद हार बेहोरेको छ। साविक विजेता भारतले सोमबार राति भएको खेलमा भारत सिरियासँग पराजित हुन पुगेको हो।

हैदरावादको जीएमसी बालयोगी एथलेटिक स्टेडियममा भएको इन्टरकन्टिनेन्टल कप २०२४ फुटबलको अन्तिम समुह खेलमा भारत ३-० को गोल अन्तरले पराजित भयो।

बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा भारत पराजित भयो। बलमा भारतले ५२ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर भारतको तर्फबाट कुल १८ प्रहार भएका थिए।

त्यसमध्ये ५ प्रहार टार्गेटमा भएपनि कुनै प्रहार गोलमा परिणत हुन सकेनन्। सिरियाको तर्फबाट भने १४ प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा हुँदा ३ प्रहार गोलमा परिणत भए।

सिरियाका लागि महमुद अल अस्वाद, डालेहो इरानदुस्ट र पाब्लो सब्बागले गोल गरे। पहिलो गोल सातौँ मिनेटमा हुँदा दोस्रो गोल ७६ औं मिनेटमा भएको थियो।

यस्तै इन्ज्युरी समयको छैठौं मिनेटमा सिरियाले तेस्रो गोल गरेको थियो। जससंगै डिफेन्डिङ च्याम्पियन भारतलाई ३–० ले हराउँदै सिरियाले उपाधि जित्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *