September 19, 2024

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व विजेता अर्जेन्टिनाले दोस्रो हार बेहोरेको छ। बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियासँग हार बेहोरेको हो।

लियोनेल मेस्सी बिना मैदानमा उत्रिएको अर्जेन्टिना कोलम्बियासँग २-१ को गोल अन्तरले पराजित भयो। बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा अर्जेन्टिना हार बेहोर्न बाध्य भयो।

खेलको पहिलो हाफमै अर्जेन्टिना पछि परेको थियो। खेलको २५ औं मिनेटमा येरसन मोस्क्वेराले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले बराबरी गोल फर्कायो।

खेलको ४८ औं मिनेटमा निकालेस गोन्जालजले बराबरी गोल गरेका थिए। तर खेलले एक घण्टा छुँदा कोलम्बियाले पेनाल्टीको अवसर पायो। सो अवसरलाई जेम्स रोड्रिग्वेजले खेर जान दिएनन्।

उनले ६० औं मिनेटमा पेनाल्टी गोल गरे। त्यस पश्चात थप गोल हुन नसक्दा कोलम्बिया विजयी भयो। कोपा अमेरिकाको फाइनलमा कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो। विश्वकप छनोटमा अर्जेन्टिना विरुद्ध कोलम्बियाको बदला पूरा भयो।

हारका बाबजुद अर्जेन्टिना १८ अंक सहित शिर्ष स्थानमा छ। कोलम्बिया अब दोस्रो स्थानमा उक्लिएको छ। कोलम्बियाको १६ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *