September 19, 2024

एजेन्सी – रियल म्याड्रिडका पोर्चुगिज लेजेण्ड क्रिस्टियानो रोनाल्डोले फ्रेन्च स्टार किलियन एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा सफल हुने दावी गरेका छन्।

एक कुराकानीका क्रममा रोनाल्डोले रियलमा एम्बाप्पेले राम्रो गर्ने बताएका हुन्। आफ्नो आधिकारिक युट्युब च्यानलमा कुराकानी गर्नेक्रममा रोनाल्डोले यस्तो बताए।

रोनाल्डोका अनुसार रियलको व्यवस्थापन र संरचना धेरै राम्रो छ। उनले रियलसँग उत्कृष्ट प्रशिक्षक र अध्यक्ष रहेको पनि बताए। एम्बाप्पेसँग उत्कृष्ट प्रतिभा रहेका कारण सफलता पाउन उनलाई गार्हो नहुने रोनाल्डोको बुझाई छ।

एम्बाप्पेले रियलका लागि उत्कृष्ट खेलाडी बालोन डी’ओर जित्न सक्ने रोनाल्डोले बताए। त्यसक्रममा उनले एर्लिङ हालाण्ड, जुड बेलिङ्घम र लमाइन यमालले पनि बालोन डी’ओर जित्न सक्ने बताउन छुटाएनन्।

“मलाई लाग्छ [एमबाप्पे] ले राम्रो गर्नेछन्। क्लबको संरचना… यो राम्रो छ। उनीहरूसँग उत्कृष्ट प्रशिक्षक र अध्यक्ष फ्लोरेन्टिनो [पेरेज] छन्, जो धेरै वर्षदेखि त्यहाँ छन्। मलाई लाग्छ कि उनको प्रतिभाको कारण यो ठूलो समस्या हुनेछैन। उनले गोल्डेन बल(बालोन डी’ओर) जित्न सक्छन्। एर्लिङ हालाण्ड, जुड बेलिङ्घम र लमाइन यमाल पनि विजेता बन्न सक्छन्।”,रोनाल्डोले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *