September 19, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले लोकप्रिय फुटबल भिडियो गेम ईए स्पोर्ट्स एफसीमा सन् २००८ यताकै कम रेटिङ पाएका छन्।

लोकप्रिय फुटबल भिडियो गेम ईए स्पोर्ट्स एफसीको ईएएफसि २५ यहि सेप्टेम्बरको अन्तिम साता सार्वजनिक हुँदैछ। त्यस अगाडी नै ईए स्पोर्ट्सले शिर्ष २५ बढी रेटिङ भएका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो शिर्ष २५ मा नपरेपनि मेस्सीले भने शिर्ष २५ मा स्थान बनाएका छन्। यस पटक मेस्सीको रेटिङ ८८ मा झरेको छ।

यस अगाडी मेस्सी निरन्तर ९० रेटिङ भन्दा माथि रहने गरेका थिए। तर यस पटक भने उनी ८८ मा झरेका छन्। सो गेममा मेस्सीले पाएको यो रेटिङ सन् २००८ यताकै कम हो।

जब लियोनेल मेस्सी फिफा फ्रेन्चाइजमा पहिलो पटक देखा परे, उनी केवल किशोर थिए। फिफा ०६ मा उनको रेटिङ ७८ थियो। त्यसपछि उनको रेटिङ २००८ मा ९० पुगेको थियो।

त्यसयता उनको रेटिङ ९० भन्दा तल झरेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *