September 19, 2024

एजेन्सी – पाँच पटकको विश्वकप विजेता ब्राजिलले कम्जोर प्रदर्शनलाई जारी राखेको छ। पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा कम्जोर प्रदर्शन गरेको हो।

बुधबार बिहान ब्राजिल पराग्वेसँग पराजित भयो। पराग्वेको घरेलु मैदानमा भएको खेलमा बलमा धेरै राम्रो नियन्त्रण राख्दा पनि ब्राजिल १-० को गोल अन्तरले हार्यो।

ब्राजिलले खेलभर बलमा कुल ७२ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर कुल ९ प्रहार गरेकोमा ३ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत हुन सकेनन्।

उता घरेलु टोलीले भने बलमा २८ प्रतिशत नियन्त्रण राखेर पनि ७ प्रहार गरेको थियो। जस मध्ये २ प्रहार टार्गेटमा थिए भने एक प्रहार गोलमा पनि परिणत भयो।

पराग्वेका लागि लागि अमेरिकी क्लब इन्टर मियामीका लागि खेल्ने डिएगो गोमेजले निर्णायक गोल गरे। उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए।

यस जित पश्चात दक्षिण अमेरिकी विश्वकप छनोटमा पराग्वे सातौं स्थानमा उक्लिएको छ। पराग्वेको ९ अंक छ। १० अंक भएको ब्राजिल पाँचौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *