September 19, 2024

एजेन्सी – पाँच पटकको विश्वकप विजेता ब्राजिल पछिल्लो समय खराब लयमा देखिएको छ। कोपा अमेरिकामा खासै राम्रो प्रदर्शन गर्न नसकेको ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा पनि खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन।

ब्राजिल अहिले दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौं स्थानमा छ। ब्राजिलले विश्वकप छनोटमा खेलेका ८ खेल मध्ये ३ खेलमा मात्र जित निकालेको छ।

यस बीचमा ब्राजिलले चार हार बेहोरिसकेको छ भने एक खेलमा बराबरी खेलेको छ। बुधबार मात्रै ब्राजिल पराग्वेसँग पराजित हुन पुग्यो। पराग्वेसँग ब्राजिलले हारेको यो सन् २००८ पछिकै पहिलो पटक हो।

नेयमारको अभाव खड्कियो

ब्राजिलको टोलीमा यति बेला नेयमारको अभाव खड्किएको चर्चा भइरहेको छ। नेयमार विश्वकप छनोट खेलकै क्रममा घाइते भएका थिए। गत अक्टोबरमा उरुग्वे विरुद्धको खेलमा घाइते भएयता उनी अझै मैदान फर्किएका छैनन्।

उनी घाइते भएको खेलमा पनि ब्राजिल पराजित हुन पुगेको थियो। त्यसयता ब्राजिलले कोपा अमेरिका, मैत्रीपूर्ण खेल र विश्वकप छनोटमा गरी कुल १२ खेल खेलेको छ।

जसमा ब्राजिल ४ पटक पराजित भइसकेको छ भने ४ खेलमा बराबरीमा रोकिएको छ। यस्तै ब्राजिलले चार खेलमा मात्र जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *