September 19, 2024

एजेन्सी – बार्सिलोनाका लिजेण्ड लियोनेल मेस्सीका पहिलो एजेन्ट होरासियो गागियोलीले हालै मेस्सीलाई अनुबन्ध गर्न बार्सिलोना बाहेकका अन्य ठूला क्लब इच्छुक थिए भन्ने खुलासा गरेका छन्।

एक कुराकानीका क्रममा गागियोलीले कुनै एक समयमा मेस्सीलाई स्पेनिस क्लब रियल म्याड्रिड र प्रिमियर लिग क्लब आर्सनल जस्ता क्लबले भित्र्याउन प्रयास गरेको खुलासा गरेका हुन्।

“रियल म्याड्रिडले उनीमा चासो राखेको थियो जब उनी जवान थिए। तर लियोले कहिल्यै बार्सिलोना छोड्न चाहँदैनथे। आर्सनलले पनि मेस्सीलाई भित्र्याउन चाहेको थियो।”,गागियोलीले भने।

मेस्सीको युरोप यात्रा १३ वर्षको उमेरमा सुरु भएको थियो, जब उनी बार्सिलोनामा आवद्ध भए। उनी अर्जेन्टिनाबाट बार्सिलोनाको युवा एकेडेमी ला मासियामा सामेल भएका थिए।

एकेडेमीबाट माथि उठ्दै सिनियर टोलीमा स्थान बनाएर मेस्सीले क्लब र विश्वफुटबलमा आफूलाई उत्कृष्ट खेलाडीको रुपमा उभ्याए।

निरन्तर बार्सिलोनाबाट खेलेपछि मेस्सीले सन् २०२१ मा बार्सिलोना छाडेका थिए। त्यसपछि उनी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे। त्यहाँबाट मेस्सी मेजर सकर लिग क्लब इन्टर मियामी आवद्ध भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *