September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँग खराब परिस्थितिमा अलग्गिन परेपनि पनि आफ्नो अटल स्नेह दोहोर्याएका छन्।

एक कुराकानीका क्रममा रोनाल्डोले युनाइटेड प्रतिको आफ्नो प्रेमलाई दर्शाएका हुन्। आफू अहिले पनि युनाइटेडलाई धेरै माया गर्ने रोनाल्डोले बताए।

“म अझै पनि म्यानचेस्टर युनाइटेडलाई माया गर्छु भनेर दोहोर्‍याउँछु। म म्यानचेस्टर युनाइटेडलाई शुभकामना दिन्छु”,एक कुराकानीका क्रममा रोनाल्डोले भने।

रोनाल्डोका लागि युनाइटेडको दोस्रो बसाई खासै सुखद रहेन। रोनाल्डो सन् २०२१ मा इटालियन क्लब युभेन्टसबाट युनाइटेड पुगेका थिए। पहिलो सिजनमा सानदार प्रदर्शन गरेका उनले प्रशिक्षकसँगको खराब सम्बन्धका कारण क्लब छाड्न पर्यो।

आफ्नो पहिलो कार्यकालमा रोनाल्डोले युनाइटेडसँग यूईएफए च्याम्पियन्स लिग र तीन प्रिमियर लिग उपाधि सहित नौ प्रमुख ट्रफीहरू जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *