September 19, 2024

एजेन्सी – चोटका कारण झन्डै एक वर्ष देखि मैदान नटेकेका ब्राजिलियन स्टार नेयमारले एएफसी च्याम्पियन्स लिगका लागि अल-हिलालको टोलीमा स्थान बनाउन सफल भएका छन्।

ब्राजिलका लागि खेल्दा घाइते भएपछि एक झन्डै एक वर्ष देखि मैदान बाहिर रहेका नेयमारले एएफसी च्याम्पियन्स लिगका लागि अल-हिलालको टोलीमा स्थान बनाएका हुन्।

एएफसी च्याम्पियन्स लिगका लागि अल-हिलालले नेयमारलाई आफ्नो टोलीमा समावेश गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। अल-रियादियाको रिपोर्ट अनुसार एएफसी च्याम्पियन्स लिगका लागि अल-हिलालको ३१ सदस्यीय टोलीमा नेयमारलाई समावेश गरिएको छ।

प्रारम्भिक रिपोर्टहरूमा नेयमार अक्टोबर सम्म मैदान फर्किन सक्ने दावी गरिएको थियो। तर केहि दिन अगाडी मात्रै नेयमार मैदान फर्किन थप समय लाग्ने अर्को रिपोर्ट बाहिर आएको थियो।

अल-हिलालले सेप्टेम्बर १७ मा आफ्नो एएफसी च्याम्पियन्स लिगको उद्घाटन खेलमा कतारको अल रेयानसँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *