September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो रेकर्ड पछि रेकर्ड बनाउन माहिर छन्। रोनाल्डोका समर्थक ‘रोनाल्डोले रेकर्ड नभई रेकर्डले रोनाल्डो पछ्याउने’ बताउँछन्।

फुटबलमा मात्र नभई फुटबल बाहिर पनि रोनाल्डोको नाममा कयौं रेकर्ड बनिसकेका छन्। यस्तोमा रोनाल्डो अहिले सामाजिक संजाल फलोवर्सको मामलामा नयाँ रेकर्ड बनाउने ढोकाको नजिक छन्।

क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर हुने पहिलो व्यक्ति बन्ने सङ्घारमा छन्। साउदी अरेबियाको क्लब अल नासरका कप्तान समेत रहेका रोनाल्डोको नाममा यो रेकर्ड अब छिट्टै बन्नेछ।

रोनाल्डोले केहि समय अगाडी मात्रै आफ्नो युट्युब च्यानाल सार्वजनिक गरेका थिए। त्यसयता उनको युट्युब च्यानलले ६० मिलियन भन्दा बढी सब्स्क्राइबर पाइसकेको छ।

उनी सबैभन्दा कम समयमा मिलियन, १० मिलियन, २० मिलियन, ५० मिलियन हुँदै ६० मिलियन सब्स्क्राइबर बटुल्ने व्यक्ति बन्न पुगे। रोनाल्डो इन्स्टाग्राममा सबै भन्दा बढी फलो गरिएका व्यक्ति हुन्।

उनलाई अहिले ६ सय ३८ मिलियनले फलो गर्छन्। त्यस्तै फेसबुकमा रोनाल्डोलाई १ सय ७० मिलियन बढीले फलो गरेका छन्। रोनाल्डो इन्स्टा र फेसबुकमा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन्।

सामाजिक सञ्जाल एक्समा १ सय १३ मिलियन फलोवर्स छन्। चिनियाँ शर्ट भिडिओ प्लेटफर्म ‘क्वाइस्चो’ मा रोनाल्डोका ९ मिलियन भन्दा बढी फलोवर्स छन्। चिनियाँ सामाजिक सञ्जाल विबोमा रोनाल्डोलाई पछ्याउनेको संख्या ७ मिलियन बढी छन्।

समग्रमा सबै सामाजिक संजालमा ९ सय ९९ मिलियन फलोवर्सले रोनाल्डोलाई पछ्याएका छन्। सामाजिक संजालमा एक बिलियनले पछ्याउने विश्वको पहिलो व्यक्ति बन्न रोनाल्डो अब मात्र ७ लाख आसपास फलोवर्सले पछि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *