September 19, 2024

एजेन्सी – साउदी प्रो लिगको तेस्रो खेलमा अल नासर बराबरीमा रोकिएको छ। शुक्रबार राति भएको खेलमा अल नासर अल अहली साउदीसँग बराबरीमा रोकिएको हो।

खेलको अन्तिम समयमा गोल उपहार पाउँदा अल नासरले अल अहलीसँग १-१ को बराबरी खेल्यो। अल नासरले खेलभर बलमा कुल ५९ प्रतिशत नियन्त्रण राखेको थियो।

खेलभर अल नासरको तर्फबाट कुल १९ प्रहार भएका थिए। जसमध्ये ४ प्रहार टार्गेटमा थिए। उता अल अहलीको तर्फबाट भने मात्र ६ प्रहार भएका थिए। जसमध्ये ४ प्रहार टार्गेटमा थिए।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन। तर खेलको ५७ औं मिनेटमा अल अहलीले गोल गर्यो। अहलीका लागि सो गोल फ्र्यांक किस्सेले गरेका थिए।

खेलको इन्ज्युरी समयको नवौं मिनेटमा अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोल गरे। जससंगै अल नासरको हार टर्यो। जारी सिजनमा अल नासरको यो दोस्रो बराबरी हो।

अल नासर एक जित सहित ५ अंक बनाएर छैठौं स्थानमा छ। यस्तै अहली भने ४ अंक सहित नवौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *