September 19, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा स्टार लमाइन यामलले आफूलाई अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले प्रतिभाको एक अंश उपहार दिएको बताएका छन्।

बाल्यकालमै मेस्सीलाई भेट्न पाएको सम्बन्धमा कराकानी गर्नेक्रममा यामलले मेस्सीबाट प्रतिभाको एक अंश आफूले उपहारको रुपमा प्राप्त गरेको बताएका हुन्।

यामल बार्सिलोनाको एकेडेमीबाट माथि उठेर बार्सिलोनाको सिनियर टोलीको महत्वपूर्ण हिस्सा बनेका छन्। यामल बार्सिलोनाका लागि निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्।

उनी स्पेनका लागि पनि राम्रो प्रदर्शन गर्ने खेलाडीमा पर्छन्। स्पेनले युरो कप जित्दा यामलले महत्वपूर्ण भूमिका निभाएका थिए। केहि समय अगाडी यामललाई मेस्सीले नुहाइदिएको एक तस्विर भाइरल भएको थियो।

सो तस्विर बारे चर्चा गर्दै यामलले भने,””मेस्सीसँगको मेरो तस्वीर? उनले मलाई आफ्नो प्रतिभाको एक अंश दिए। यद्यपि, अझै धेरै सिक्न बाँकी छ। “

Leave a Reply

Your email address will not be published. Required fields are marked *