September 19, 2024

एजेन्सी – साउदी क्लब अल नासरका प्रशिक्षकको पद धरापमा परेको छ। निरन्तरको कम्जोर प्रदर्शन पश्चात अल नासर प्रशिक्षक लुइस क्यास्ट्रोको पद धरापमा परेको हो।

साउदी प्रो लिगको नयाँ सिजनको सुरुवात देखि नै कम्जोर प्रदर्शन गर्न थालेको छ। साउदी प्रो लिगमा अल नासरले यस सिजन तीन खेल खेलेको छ।

जस मध्ये एक खेलमा मात्र अल नासरले जित निकालेको छ। बाँकी दुई खेलमा अल नासर बराबरीमा रोकिएको छ। जसकारण यति बेला क्यास्ट्रोलाई बर्खास्त गरिनु पर्ने पक्षमा अल नासर समर्थक देखिएका छन्।

शुक्रबार राति अल नासरले अल अहली साउदीको सामना गर्यो। सो खेलमा अल नासरको प्रदर्शन निराशजनक थियो। हार तर्फ अगाडी बढिरहेको अवस्थामा एक गोल उपहार पाउँदा अल नासरको हार टरेको थियो।

विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने अब क्यास्ट्रोको पद धरापमा परेको छ। तत्काल नतिजामा सुधार नपाएको खण्डमा उनी एक दुई खेलमै पदबाट हटाइन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *