September 19, 2024

एजेन्सी – साउदी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले एएफसी च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि रोनाल्डोले एएफसी च्याम्पियन्स लिगको खेल गुमाउने भएका हुन्।

भाइरल इन्फेक्सनका कारण रोनाल्डोले इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ। क्लबले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो।

“कप्तान रोनाल्डोको स्वास्थ्यमा समस्या देखिए पछि जाँच गर्दा भाइरल संक्रमण भएको पुष्टि भएको छ। टोलीका डाक्टरले उनलाई आराम गर्न सुझाव दिएका छन्। त्यसैले उनी इराक यात्रा गर्ने छैनन्।”,क्लबले आधिकारिक विज्ञप्ति निकाल्दै भनेको छ।

अल नासरले सोमबार राति अल शोर्टाको सामना गर्नेछ। खेल इराकमा हुनेछ। शोर्टा विरुद्धको खेल गुमाएपनि रोनाल्डोले केहि समय मै कम्ब्याक गर्ने अनुमान गरिएको छ।

रोनाल्डोले केहि समय अगाडी मात्र ९ सय गोलको आँकडा पार गरेका थिए। रोनाल्डोले यस सिजनमा अल नासरका लागि ५ खेलमा ४ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *