December 22, 2024

एजेन्सी – युरोपियन राष्ट्र पोर्चुगलले आफ्नो देशका चर्चित फुटबल लेजेण्ड क्रिस्टियानो रोनाल्डोको सम्मानका लागि मुद्रा सार्वजनिक गर्ने भएको छ। रोनाल्डोको सम्मानका लागि पोर्चुगलले नयाँ युरो सिक्का ल्याउने तयारी गरेको हो।

रोनाल्डो पोर्चुगलका लागि मात्र नभई विश्वकै सबै भन्दा बढी गोल गर्ने खेलाडी हुन्। रोनाल्डोले अहिले सम्म आफ्नो राष्ट्रिय टोलीबाट १ सय ३२ गोल गरिसकेका छन्।

रोनाल्डोले पोर्चुगलबाट विश्वकप नजितेपनि महत्पूर्ण दुई उपाधि जितेका छन्। रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई युरो कपको उपाधि दिलाएका थिए भने सन् २०१९ मा नेसन्स लिगको उपाधि दिलाएका थिए।

चार पटक युरोपेली गोल्डेन बुट जितिसकेका रोनाल्डोका विश्वभरि लाखौं प्रशंसक छन् र उनले हालसालै विभिन्न सामाजिक मिडिया प्लेटफर्महरूमा १ बिलियन फलोअर्स भएको पहिलो व्यक्ति बनेर इतिहास रचेका छन्।

रोनाल्डोले केहि समय अगाडी मात्रै ९ सय करियर गोलको आँकडा पार गरेका थिए। रोनाल्डो अब १ हजार गोल पूरा गर्ने योजना सहित अगाडी बढिरहेका छन्।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट तहल्का मच्चाउनु अगाडी स्पोर्टिङ लिस्बनबाट आफ्नो करियर सुरु गरेका थिए। पछि युनाइटेडबाट उनी रियल म्याड्रिड गए।

रियलबाट युभेन्टस पुगी पुनः युनाइटेड फर्किएर रोनाल्डो त्यहाँबाट अल नासर पुगे। रोनाल्डो अहिले रोनाल्डो त्यहिँबाट क्लब फुटबल खेलिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *