September 19, 2024

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा रियलले मंगलबार राति सानदार जित दर्ता गरेको हो।

रियलले मंगलवार जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ को गोल अन्तरले पराजित गर्यो। रियलको जितमा किलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिकले एक-एक गोल गरे।

पहिलो हाफमा दुवै टोलीबाट कुनै टोलीबाट गोल नभएपनि दोस्रो हाफमा भने कुल चार गोल भए। ४६औं मिनेटमा एमबाप्पेको गोलमा रियलले पाएकोमा खेलको ६८ औं मिनेटमा स्टुडगार्डका अन्डाभले बराबरी गोल फर्काए।

८३औं मिनेटमा लुका मोड्रिडको पासमा रुडिगरले गोल गर्दा रियलले २-१ को अग्रता पायो। इन्ज्युरी समयमा एन्ड्रिकले गोल गरेसंगै रियलको ३-१ को जित पक्का भयो।

गोल गरेसंगै एन्ड्रिकले नयाँ रेकर्ड बनाए। एन्ड्रिकले रियलका लागि गोल गर्ने सबै भन्दा कान्छा खेलाडीको रेकर्ड बनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *